सिन्धुली, – सिन्धुली सदरमुकामको कर्भडहलमा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरू भएको छ । दशै तिहारको उपलक्ष्यमा जिल्ला ब्याटमिन्टन संघ सिन्धुलीको आयोजना सुरू भएको प्रतियोगिता बागमती प्रदेशसभा सदस्य छेत्र बहादुर बम्जनले शुक्रबार उदघाटन गर्नुभएको छ ।
प्रतियोगिताको उदघाटन गर्दैसांसद बम्जनलेले खेलाडीहरूको उत्साह मर्न नदिने र खेलाडीहरूको सशक्तताका लागि आफु कुनै कञ्जुस्याँइ पनि नगर्ने बताउनुभयो । उहाँले प्रतियोगिता जिल्ला स्तरीय भए पनि आगामी दिनमा प्रदेश स्तरीय हुँदै राष्ट्रिय स्तरमा प्रतियोगिता गराउन हुन सकोस भन्ने शुभकामना दिनुभयो । उहाँले प्रतियोगितालाई अनुशासित र सन्देशमूलक तरिकाले अगाडि बढाउन आयोजकलाई आग्रह गर्नु भयो ।
प्रतियोगितामा जिल्ला स्तरिय ए, जिल्ला स्तरिय बि, भेट्रान्स डबल र स्थानिय तह गरि ४ ईभेन्टमा प्रतिस्पर्धा हुने जिल्ला ब्याटमिन्टन सघ सिन्धुलीका अध्यक्ष दिपेन्द्रध्वज बस्नेतले बताउनुभयो । आज (शनिवार) सम्म सन्चाल हुने खेलमा प्रतियोगितामा जिल्लाका नौ वटै पालिकाका खेलाडीहरुको सहभागी रहेको ८० टिमका १६० जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उहाँले बताउनु भयो भनाई छ ।
प्रतियोगितामा पहिलो हुने टिमले २० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल, प्रमाण पत्र, दोस्रो हुने खेलाडी टिमले १५ हजार नगद पुरस्कार सहित सिल्ड, मेडल, प्रमाणपत्र र तेस्रो हुने खेलाडी टिमले १० हजार नगद पुरस्कार सहित सिल्ड, मेडल, प्रमाण पत्र हात पार्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।
जिल्लाका ब्याडमिन्टन खेल खेल्ने खेलाडीहरुको क्षमता विकास गर्न, नयाँ खेलाडीहरु उत्पादन गर्न र नजिकिदै गएको चाडपर्वमा रमाईलो साटासाट गर्न प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।