शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्य आज तेस्रो दिन पनि घट्यो

बिहिवार , आश्विन ११, २०८०

काठमाडौं ११ असोज - नेपालमा लगातार तेस्रो दिन पनि सुनको मूल्य घटेको छ । मंगलबारदेखि घट्न थालेको सुनको प्रतितोला मूल्य बिहीबार १ हजार ४०० रुपैयाँले सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको छ ।

आयात कोटा बढाउँदा र अन्तरराष्ट्रिय बजारमै भाउ घट्दा नेपालकाे गहना बजारमा सुनको मूल्य घटेको हो । बुधबार केन्द्रीय बैंकले सुन आयात कोटा १० किलोबाट २० किलो पुर्‍याउन परिपत्र जारी गरेको थियो ।

मंगलबारदेखि बिहीबारसम्म दिन दिन अवधिमै सुनको भाउ २६०० रुपैयाँले सस्तिएको छ । सोमबार सुन प्रतितोला प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यसपछिका दुई दिन अर्थात मंगलबार प्रतितोलामा ४०० र बुधबार ८०० रुपैयाँले भाउ घटेको थियो ।

बजारमा चाँदीको भाउ पनि प्रतितोलामा १५ रुपैयाँले सस्तिएको छ । आज चाँदी प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ।

 

प्रतिक्रिया