शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनचाँदीको मूल्य घट्यो

मंगलवार , आश्विन ९, २०८०

काठमाडौं, ९असोज - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँले घटेको छ ।

छापावाल सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन सोमबार उक्त सुन तोलामा एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी तोलामा एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया