शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बालमैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि गौमतीलाई

बिहिवार , आश्विन ४, २०८०

सिन्धुली– कमलामाई नगरपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा शुभारम्भ बाल संजालले आयोजना गरेको वडा स्तरीय बालमैत्री फुटबल प्रतियोगिताको उपाधि गौमती माध्यमिक विद्यालयले उचालेको छ ।

गत भदौ ३० गते बाट शुरु भएको फुटबल प्रतियोगिाताकोे फाइनल खेलमा बुधबार सिद्धस्थली माध्यमिक विद्यालयलाई १–० गोलको अन्तरले पराजित गर्दै गौमती विजयी भएको हो । कमलामाई नगरपालिका वडा नम्बर ६ मा रहेका १२ वटा विद्यालय सहभागि रहेको उक्त प्रतियोगिता संविधान दिवसको अवसर पारेर समापन गरिएको शुभारम्भ बाल संजालका अध्यक्ष दिवश कुमार थापाले बताउनुभयो । प्रतियोगिताको विजेता र उपविजेतालाई वडा नम्बर ६ का अध्यक्ष उज्वल कुमार थापाले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो । वडा नम्बर ६ ले उक्त फुटबल प्रतियोगिताकालागि ५० हजार रुपैँया आर्थिक सहयोग गरेको शुभारम्भ बाल संजालले जनाएको छ ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष उज्वल कुमार थापाले आफ्नो वडाका खेलाडीहरुको पहिचान गर्न यस्ता प्रतियोगिता फलदायक हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘शारिरिक तथा मानसिक विकासकोलागि विद्यार्थीलाई पढाईसँगै खेलकुदको आवश्यकता हुन्छ । आगामी दिनमा पनि ६ नम्बर वडाले खेलकुद क्षेत्रमा योग्दान पु¥याउनेछ ।’ वडाका उत्कृष्ठ खेलाडिलाई जिल्ला, प्रदेश र राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी गराउन आवश्यक पहल गर्ने थापाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

व्यवस्थापनमा अब्बल बालबालिकाः

वडा स्तरीय बालमैत्री फुटबल प्रतियोगिताको पाँचै दिन खेलकुद मैदान बाहिर एक हुल बालबालिका व्यस्त देखिन्थे । १६÷१७ वर्षका ती बालबालिका मध्य केहि पानी ओसारीरहेका थिए भने केहिले फस्र्ट ऐडका सामान बोक्दै खेल मैदान प्रवेश गरिरहेका थिए । ती बालबालिका अरु कोहि नभई आयोजक शुभारम्भ बाल संजालका सदस्यहरु हुन् । बालबालिकाहरुले प्रतियोगितालाई व्यवस्थित तरिकाले संचालन गरेको दर्शकले बताएका थिए । फाइनल खेल हेर्न पुग्नुभएका कमलामाई नगरपालिका ६ का सुजन कार्कीले नयाँ पुस्ता याने ‘स्मार्ट’ पुस्ताले आयोजना गरेको प्रतियोगिता व्यवस्थीत देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कक्षा ९÷१० मा पढ्ने बालबालिकाले आयोजना गरेको प्रतियोगिता, कस्तो राम्रो व्यवस्थापन ! नयाँ पुस्तासँग नयाँ धेरै छ, सबैले सिक्नु पर्छ ।

वडा नम्बर ६ का वडाध्यक्ष उज्जवल थापाले बालबालिकाले प्रतियोगिताको व्यवस्थापन कुशलतापुर्वक सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वडाले बालबालिकाको क्लबलाई खेल आयोजना गर्न दिनुको मुख्य कारण व्यवस्थापनमा उनीहरुको अभिरुची बढाउनु पनि हो । उनीहरुले आफ्नो भुमिका निभाए ।”

वडा नम्बर ६ मा रहेको १६ वटा विद्यालयको बाल क्लबबाट एक÷एक जना सदस्य चयन गरि शुभारम्भ बाल संजाल गठन गरिएको थापाले बताउनुभयो । वडा नम्बर ६ कै बाल क्लब भएकाले वडाध्यक्ष उज्जवल थापालाई वडा स्तरीय फुटबल प्रतियोगिता संचालन गर्न प्रस्ताव राख्दा उहाँले स्विकारेको संजालका अध्यक्ष दिवशले बताउनुभयो । उहाँले वडाध्यक्ष थापालाई धन्यवाद दिदैँ भन्नुभयो, “ प्रतियोगितामा ससाना विवादहरु आयो । तर, हामीले ट्याकल गर्यौँ । भविष्यमा वडास्तरीय खेलकुद प्रतियोगिता व्यवस्थापनको अनुभव उपयोगि हुनेछ ।”

प्रतिक्रिया