शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो

सोमवार , भाद्र १८, २०८०

काठमाडौँ, १८ भदौ - सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू एक लाख १३ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख १२ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू चार सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महा संघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख १२ हजार चार सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू पाँचले बढेर रू एक हजार चार सय ६५ तोकिएको महा संघले जनाएको छ ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया