शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

बुधवार , भाद्र ६, २०८०

काठमाडौँ ६ भदौ -आज बुधबार सुनचाँदी भाउ बढेको छ । मंगलबार प्रतितोला १ लाख १० हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज बुधबार तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सयमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको भाउ पनि तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला १ लाख दश हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको भाउ ९४ हजार ८ सय २० रुपैयाँ, १० ग्राम तेजावी सुनको मुल्य ९४ हजार ३ सय ५० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार २ सय २२ रुपैयाँ कायम गरेको छ।

प्रतिक्रिया