सिन्धुली– नेपाल सितोरियो कराते संघ सिन्धुलीको अध्यक्षमा देब बहादुर गोले चयन हुनुभएको छ । सदरमुकाम सिन्धुलीमाढीमा मंगलबार भएको अधिवेशनले गोलेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।
संघको उपाध्यक्षमा प्रमोद अधिकारी, सुर्य बम्जन र बिजय श्रेष्ठ सचिबमा निर्मल कुमार थापा, कोषाध्यक्षमा लक्ष्मण तामाङ र सह–सचिबमा सुजन कोइराला चयन हुनुभएको छ ।
बागमती प्रदेश कराते महासंघका अध्यक्ष गगन लामाको प्रमुख आतिथ्यता तथा जिल्ला खेदकुद बिकास समितिका अध्यक्ष बिशाल थिङको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा अन्तराष्ट्रिय खेलाडी गोपी बम्जन, बागमती प्रदेश कराते महासंघका उपाध्यक्ष दिपक पोखरेल, बागमति कराते महासंघका सचिब चित्र बहादुर मगर, सितोरियो कराते संघ सिन्धुलीका निवर्तमान अध्यक्ष भागवतकाजी श्रेष्ठ, निर्माण ब्यवसायी डिबि बम्जन लगायतले शुभकामना ब्यक्त गर्नुभएको अध्यक्ष देब बहादुर गोलेले जानकारी दिनुभयो ।