शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार , श्रावण २६, २०८०

काठमाडौं , २६ साउन- नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया