शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली लगाएत तीन जिल्लामा ‘अति उच्च जोखिम’

मंगलवार , श्रावण २३, २०८०

काठमाडौं ,२३ साउन – आज (मंगलवार) तीन जिल्लामा बाढीको अति उच्च जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सिन्धुलीर सर्लाही, र रौतहटमा बाढीको अति उच्च जोखिम देखिएको हो । यी तीन जिल्लासहित धनुषा र सिराहाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै आज काठमाडौं उपत्यकासहित देशभरका ३२ जिल्लामा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ । काठमाडौंसहित आज झापा, ईलाम, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, चितवन, मकवानपुर, धादिङ, नुवाकोट नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), तनहुँ, स्याङजा, रुपन्देही, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास आसपास भई बहने केही स–साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाले जनाएको छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

साथै पाँचथर, रामेछाप, ओखलढुङगा, उदयपुर, काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक गोरखा, लमजुङ, धादिङ, कास्की, प्युठान, अर्घाखाँची, गुल्मी, सल्यान, रोल्पा, सुर्खेत, दैलेख, डोटी, बझाङ, जाजरकोट, अछाम, डडेल्धुरा, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्ने सम्भावना छ । यी क्षेत्र भई बहने नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज बागमती र यसका सहायक नदीहरूमा जलसतहखतरा तहभन्दा माथि हुने पूर्वानुमान छ । बागमतीले खतरा तह पार गरिसकेको छ । यस्तै कमला र बबई नदीमा सतर्कता र केहीमा खतरा आसपास हुने महाशाखाको पूर्वानुमान छ । कन्काईमा पनि जलसतह बढ्ने छ ।

आज र भोलि कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि बढ्दो हुने पूर्वानुमान छ ।

 

https://twitter.com/DHM_FloodEWS/status/1688796446185881600?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1688796446185881600%7Ctwgr%5Eb1c69846a0a385059bdfa06f3a31f791da4774af%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fwww.lokaantar.com%2F

प्रतिक्रिया