शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

सोमवार , श्रावण २२, २०८०

काठमाडौ २२ साउन –, नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार नेपाली बजारमा सुनको मूल्य घटेको जनाएको छ ।

महासंघले आइतबारको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको जनाएको हो ।

मूल्य घटेसँगै साेमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ८५० रुपैयाँ कायम छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, साेमबार चाँदीको मूल्य भने स्थिर छ । यससँगै, चाँदी विगत ४ दिनदेखि स्थिर कायम छ । चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया