शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

शुक्रवार , श्रावण १२, २०८०

काठमाडौं, १२ साउन शुक्रबार सुन र चाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घट्दा चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ ।

सुनको मूल्य घट्नुमा अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्बले निक्षेपको ब्याजदर बढाउनु रहेको बताइएको छ । शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँ छ । यस्तै चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार एक लाख १३ हजार ५ सय रुपैयाँ प्रतितोलामा छापावल सुनको खरिद बिक्री भएको थियो भने चाँदी १ हजार ४९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया