शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो

सोमवार , श्रावण ८, २०८०

काठमाडौं ,०८ साउन- केहि दिनयता नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । आइतबार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४६५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया