शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

आइतवार , श्रावण ७, २०८०

काठमाडौं, ७ साउन - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूलय प्रतितोला एक लाख ११ हजार ७५० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भएका चाँदीको मूल्य आज घटेर प्रतितोला एक हजार ४६५ रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया