शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यले आज पनि कायम गर्‍याे नयाँ रेकर्ड

बिहिवार , श्रावण ४, २०८०

काठमाडौं, ४ साउन – नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले साढे २ महिनाअघिको रेकर्ड तोड्न सकेको छैन भने नेपालमा यसअघिका सबै मूल्य रेकर्ड तोडिएको छ। साढे २ महिनाअघि अन्तर्राष्ट्रिय बजारमा प्रति औंस २०५० डलर हाराहारी रहेको सुनको मूल्य २० दिनअघि १९ सय डलर हाराहारीमा झरेको थियो। हाल भने सन प्रति औंस १९८५ डलर छ।

चाँदीको मूल्यले भने नेपाली बजारमा तीन दिन यता दैनिक उच्च रेकर्ड बनाइरहेको छ। मंगलबार प्रति तोला १४८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १४९० रुपैयाँ पुग्यो भने बिहीबार १४९५ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया