शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यले कायम गर्‍याे नयाँ रेकर्ड, अहिलेसम्मकै उच्च

बुधवार , श्रावण ३, २०८०

काठमाडौँ ,३ साउन नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।

मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया