शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड, सुनको मूल्य पनि बढ्यो

शुक्रवार , आषाढ २९, २०८०

काठमाडौं, २९असार - नेपाली बजारमा शुक्रबार चाँदीको मूल्य हालसम्मकै उच्च भएको छ। गत जेठ २८ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको हो। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।यसअघि गत जेठ २८ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।

शुक्रबार सुनको मूल्य भने सामान्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया