शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो

बुधवार , जेठ २४, २०८०

काठमाडौँ २४ जेठ - आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ। मंगलबार प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भई रहेको चाँदी स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया