शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सुनको मूल्यले आज बनायो अर्को नयाँ रेकर्ड

बिहिवार , जेठ १८, २०८०

काठमाडौँ,१८ जेठ–नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो। बुधबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९ सय ५० रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया