सिन्धुली, – पछिल्लो सयम नेपालका युवायुवतीहरुमा निक्कै लोकप्रिय बनेको चर्चित मोबाइल पब्जी खेल सिन्धुलीमा पहिलो पटक प्रतियोगिताको रुपमा आयोजना गरिएको छ । सिन्धुलीका पब्जी खेलाडीहरुको समुह सिक्का ग्रुपले शुक्रवार सिन्धुलीमाढीमा प्रतियोगिताको आयोजना गरेको हो ।
सिन्धुली सहित विभिन्न जिल्लाका पब्जी खेलाडीहरु सहभागि भएको प्रतियोगितामा काठमाडौं देखि खेल्न आएका अंकित रोका क्षेत्री, सचित भण्डारी, निकेत चौधरी, सुगम कार्की र लोकेश भाटको टिम ब्याक बेन्चर्स स्पोर्टसले उपाधी जितेको छ ।
जितसँगै यो टिमले ३० हजार रुपैयाँको नगद पुरस्कार हात पारेको छ । त्यस्तै प्रतियोगितामा बेन्चर्स स्पोर्टसकै खेलाडीहरुको अर्को टिमले दोस्रो हुदै नगद १५ हजार राशीको पुरस्कार हात पारेको छ ।
प्रतियोगितामा ओपी टिमले तेस्रो हुदै नगद १० हजार पुरस्कार हात पारेको छ । होटल भ्यालीभ्यू, कमलामाई कम्प्युटर सप, स्निका हेड्स नेपाल, मनसरा कन्ट्रक्सन र रन्जितकार ईन्टरप्राईजेज्को प्रयोजनमा पतियोगिता आयोजना गरिएको सिक्का ग्रुपका अध्यक्ष साजन हायूले जानकारी दिनुभया