शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

यस्तो छ आज सुनचाँदीको भाउ

आइतवार , जेठ ७, २०८०

काठमाडौं ०७ जेठ- साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको हो। यो सँगै प्रतितोला सुनको मुल्य १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबा भाउ स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया