शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य

बुधवार , जेठ ३, २०८०

काठमाडौं , ०३ जेठ - नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार एक सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ९५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया