सिन्धुली – सिन्धुलीको घ्याङलेख गाउँपालिकामा जारी प्रथम अध्यक्ष कपको बुधवार हुने फुटवाल फाइनल खेल विवादका कारण स्थगित गरिएको छ । वडा नम्बर ५ बाट सहभागी फुटबल टिममा पालिका बाहिरको खेलाडी समावेश भएको भन्दै विवाद उत्पन्न भएको थियो ।
पालिका बाहिरको खेलाडी समावेश भएको आशंकामा वडा नम्बर ४ का खेलाडीहरुले वडा नम्बर ५ का खेलाडीहरु विरुद्ध मंगलवार मौखिक रुपमा उजुरी गरेका थिए । मंगलवार दुबै वडा बीच भएको फुटबल प्रतियोगिता सम्पन्न भए लगत्तै विवाद उत्पन्न भएको थियो । सो खेलमा वडा नम्बर ५ पेनाल्टी सुट आउटमा विजयी भएसँगै फाइनलमा प्रवेश गरेको थिए।
खेल सम्पन्न भए लगत्तै वडा नम्बर ४ को तर्फबाट विवाद सुरु भएको थियो । सामान्य रुपमा रहेको विवाद बुधवार जटिल बन्दै गएको हो । वडा नम्बर ४ का खेलाडीहरुले वडा नम्बर ५ का खेलाडीहरु विरुद्ध बुधवार लिखित रुपमा उजुरी गरेका थिए । तर वडा नम्बर ५ का खेलाडीहरुले प्रमाण जुटाउन नसक्दा विवाद सुल्झाउन नसकेको कारण खेल स्थगित हुन पुग्यो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम कुमार कार्कीले अर्को सूचना प्रकाशित नभएसम्म खेल स्थगित हुने बताउनु भयो । उहाँको अनुसार चाँडै सूचना प्रकाशित गरेर स्थगित रहेको खेल सम्पन्न गर्नेबतउनु भयो । यता भलिबल प्रतियोगिता सम्पन्न भैसकेकोले आज (बिहिवार)पुरस्कार वितरण गर्ने कार्कीले जानकारी दिनु भयो । पुरस्कार मा. वि. मरिण हायुटारको प्राङ्गणमा वितरण गरिने उहाँले बताउनुभयो ।