शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य बढ्यो

बिहिवार , चैत्र ९, २०७९

काठमाडौँ ,९ चैत - नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तोलामा १ हजार २०० रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची सार्वजनिक गर्दै हिजो बुधबारको तुलनामा मूल्य बढेको जानकारी दिएको हो ।

यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ५०० रुपैयाँ तोकिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७ हजार ३०० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १३ सय ६० रुपैयाँ कायम भएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया