सिन्धुली – कमलामाई नगरपालिका स्तरिय तेस्रो मेयरकप भलिबल प्रतियोगिताको उपाधी वडा नम्बर १० ले प्राप्त गरेको छ । वडा नं. ५ र वडा नं. १० बिच भएको फाइनल खेलमा वडा नंं. १० बिजेता हुन सफल भएको हो ।
प्रतियोगितामा बिजेता हुने टिम वडा नं. १० लाई नगद १ लाख सहित सिल्ड, मेडल र प्रमाण पत्र र उपबिजेता हुने टिमलाई नगद ५० हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । नगर स्तरिय तेस्रो मेयर कप भलिबल प्रतियोगितामा ९ वटा वडाका ९ वटा टिमको सहभागिता रहेको थियो ।
यस्तै, कमलामाई नगर स्तरीय तेस्रो उपमेयर कप किशोरी भलिबल प्रतियोगिताको मंगलवार उदघाटन गरिएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ नगर खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा प्रतियोगिता संचालन गरिएको हो । प्रतियोगितामा वडा नं. १, ६ र ७ गरि ३ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिता चैत्र ९ गते सम्म संचालन हुने नगर खेलकुद विकास समितिले जनाएको छ ।