शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई नगरस्तरिय मेयर कप भलिबल प्रतियोगिता सुरु

मंगलवार , चैत्र ७, २०७९

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिकामा नगर स्तरीय तेस्रो मेयर कप भलिबल प्रतियोगिताको उदघघाटन भएको छ । “स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद” भन्ने नाराका साथ नगर खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा संचालित प्रतियोगिताको कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले प्रतियोगिताको उदघघाटन गर्नुभएको हो ।

प्रतियोगिता चैत्र ८ गते सम्म संचालन हुने छ । प्रतियोगितामा ९ वटा वडाका ९ वटा टिमको सहभागिता रहेको र वडा नंं. ४, ८, १२, १३ र १४ ले प्रतियोगितामा सहभागिता नजनाएको नगर खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष दिपेन्द्र फूयालले जानकारी दिनुभयो ।

प्रतियोगितामा बिजेता टिमलाई नगद १ लाख सहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ भने उपबिजेता हुने टिमलाई नगद ५० हजार सहित सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले प्रतियोगितामा सहभागिहरुलाई शुभकामना दिनुभयो । उहाँले खेलाडी भनेको राष्ट्रका गहना भएकाल खेलाडीहरु अनुशासितल लगनशिल हुदै खेललाई निरन्तरता दिनुपर्ने बताउनुभयो । आगामी बर्षहरुमा युवाहरुलाई खेल क्षेत्रमा आर्कर्षित गराउनको लागि प्रत्येक वडामा उचीत बजेट बिनियोजन गर्ने नगरप्रमुख पोखरेलले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नगर खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष दिपेन्द्र फूयालको अध्यक्षता तथा कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद दाहालको बिशिष्ट आतिथ्यतामा उदघाटन गरिएको हो ।

 

प्रतिक्रिया