शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाई नगरले उचाल्यो राष्ट्रपति रनिङ शिल्ड को उपाधि

मंगलवार , फाल्गुण ९, २०७९

सिन्धुली – ११ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कमलामाई नगरपालिकाले उचालेको छ । १७ स्वर्ण पदक जित्दै कमलामाई नगरले उपाधि उचालेको हो । कमलामाईले एथलेटिक्समा दुईवटा, तेक्वान्दोमा पाँचवटा, कराँतेमा सातवटा, भलिबलिमा दुईवटा र कबड्डीमा एउटा गरि १७ स्वर्ण जित्न सफल भएको छ । नगरले नौँवटा रजत र १२ कास्य पदक जितेको छ । कमलामाई नगर प्रथम भएसँगै १५ हजार नगद पुरस्कार पाएको जिल्ला खेलकुदा विकास समितिका अध्यक्ष विशाल तामाङले जानकारी दिनुभयो ।

त्यसैगरि, दुधौली नगरपालिकाले १२ स्वर्ण, आठ/आठवटा रजत र कास्य पदक जित्दै उपविजेता भएको छ । दुधौलीको टिमले एथ्लेटिक्सतर्फ १२ वटा स्वर्ण पदक जितेको थियो भने अन्य खेलमा कुनै पनि स्वर्ण पदक जित्न सकेन । दुधौलीको टिमले १० हजार नगद पुरस्कार जितेको छ । त्यस्तै, आठ स्वर्ण पदक, ९ रजत र पाँच कास्य सहित फिक्कल गाउँपालिका प्रतियोगितामा तेश्रो भएको छ । फिक्कलको टिमले पाँच हजार नगद पुरस्कार जितेको छ ।

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा हरिहरपुरगढी गाउँपालिकाले चारवटा स्वर्ण, तीनवटा रजत र सातवटा कास्य पदक जितेको छ । मरिण र तीनपाटन गाउँपालिकाले कुनै पनि स्वर्ण पदक जित्न सकेन भने सुनकोशीले दुईवटा स्वर्ण, गोलन्जोर र घ्याङलेख गाउँपालिकाले १÷१ स्वर्ण पदक जितेको छ ।

प्रतिक्रिया