काठमाडौं ,०५ फागुन - नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । बिहिबार सुनको मूल्य प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएकोमा आज पाँच सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएकोमा आज १० रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।