शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

एनप्याब्सन सिन्धुलीको खेलकुद सप्ताह समापन

बुधवार , माघ १८, २०७९

सिन्धुली – राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह मंगलवार सिन्धुलीमाढीमा समापन भएको छ

माघ १४ गतेबाट सिन्धुलीमाढीमा सुरु भएको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताहमा जिल्लाभर बाट २३ वटा प्याब्सन भित्रका नीजि बिद्यालयहरुको सहभागिता रहेको थियो । म्याराथुन ३ हजार छात्र तर्फ सुर्योदय इङलिस बोर्डिङ स्कुल प्रथम र छात्रा तर्फ सनराइज बोर्डिङ स्कुल दुधौलि प्रथम भएको आयोजकले जानकारी दिएको छ ।

छात्रा भलिबल तर्फ सुर्यदय इङलिस बोर्डिङ स्कुल प्रथम,द्धितिय सिन्धुली लिटल फ्वावर र सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलि तृतिय भएको छ । खेलकुद सप्ताहमा जुनियर,मिडल र सिनियर गरी तीन प्रकारमा बिभिन्न खेल खेलाइएको थियो ।

जसमध्य् सिनियर तर्फ सबैभन्दा बढि कमलामाई आवासीय अंग्रेजी मावि दुधौलिले १२ वटा गोल्ड मेडल प्राप्त गरेको छ ।

त्यस्तै मिडल तर्फ सबैभन्दा बढि सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले ५ वटा गोल्ड मेडल जित्न सफल भएको छ भने जुनियर तर्फ पनि सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले सबैभन्दा बढि ३ वटा गोल्ड मेडल हात पारेको जनाइएको छ ।

खेलकुद सप्ताहमा सबैभन्दा बढि १६ वटा गोल्डमेडल कमलामाई आवासीय अंग्रेजी मावि दुधौलिले प्राप्त गरेको छ भने सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले १२ वटा गोल्ड मेडल जितेको आयोजकले जनाएको छ ।

एनप्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष पाण्डप हमाल र केन्द्रिय सचिव कृष्ण उप्रेतीको प्रमुख आतिथ्यताममा भएको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह समापन समारोहमा खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।

प्रतिक्रिया