शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा एनप्याब्सन खेलकुद सप्ताह शुरु

आइतवार , माघ १५, २०७९

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा बृहत खेलकुद प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीको आयोजनामा शनिबारदेखि दोश्रो जिल्ला स्तरीय खेलकुद सप्ताह २०७९ संचालन भएको हो ।

जिल्लाका २० बढी निजी विद्यालयको सहभागिता रहेको खेलकुद प्रतियोगिताले विद्यालय स्तरका खेलकुदको विकास हुने अपेक्षा लिइएको छ । प्रतियोगिताको उद्घाटन एनप्याब्सनका केन्द्रिय सचिव कृष्ण उप्रेतीले गर्नुभएको थियो । केन्द्रिय सचिव उप्रेतीले बालबालिकाको सर्वांगिंण विकासका लागि खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो । विद्यालयस्तरमा हुने यस्ता प्रतियोगिताले खेलकुदको मात्रै नभएर बहुप्रतिभाको विकास हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बालबालिकाको शारीरिक, मानसिक, वौद्धिक र संवेगात्मक विकासका लागि खेलकुद अत्यावश्यक रहेको छ । खेलकुदलाई हरेक क्षेत्रसँग जोडेर लैजानुपर्छ ।”

नेशनल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनम बजुको सभापतित्वमा भएको कार्यक्रममा बागमती प्रदेश सदस्य लिला बहादुर शाहि लगायत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

शनिबार भलिबलतर्फ दुई खेल भएकोमा दुधौली नगरपालिकाको लिटल फ्लावर विद्यालयलाई कमलामाई नगरपालिका ६ मा रहेको भगवति विद्यालयले पराजित गरेको छ । त्यस्तै, अर्को खेलमा सुर्योदय विद्यालयले भगवती विद्यालयलाई पराजित गरेकोे छ ।

प्रतियोगितामा एथ्लेटिक्सतर्फ छात्र र छात्राको सटपुट, हाई जम्प, दौड लगायत खेल हुने आयोजकले जानकारी दिएको छ । आज सम्पूर्ण खेल सम्पन्न हुने र १७ गते भव्यताका साथ खेलकुद सप्ताहको समापन गरिने आयोजकले जनाएकोे छ ।

 

प्रतिक्रिया