सिन्धुली – सिन्धुलीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । कमलामाई नगपालिका प्रमुख उपेन्द्र कुमार पोख्रेलले खेलको उदघाटन गर्नुभएको थियो । नगर खेलकुद विकास समिति कमलामाई नगरपालिकाको आयोजनामा मंगलबारबाट नगर स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगर प्रमुख पोखरेलले किताबी ज्ञान संगै विभिन्न बिधामा बाहिरी ज्ञान समेत हासिल गर्नुपर्ने बताउनुभयो । पोखरेलले खेलमा सहभागी बिद्यार्थी खेलाडीहरुलाई यस नगर, जिल्ला हुदै सिंगो राष्ट्रलाईनै चिनाउने खेलाडी बन्न शुभकामना दिनुभयो ।
यस्तै, कमलामाई नगरपालिका पुर्व मेयर खड्ग बहादुर खत्रीले खेलकुद एउटा सामान्य खेल मात्रै नभएर राष्ट्र चिनाउने, स्वस्थ्य बन्ने संगै खेल एउटा अनुसासनको पाठ समेत रहेको बताउनुभयो । उहाँले डाक्टर र पाईलट मात्रै नभै राम्रो खेलाडी बन्ने उद्देश्य लिन समेत आग्रह गर्नुभयो ।

सिन्धुली जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष बिशाल थिङ तामाङले खेलकुद एउटा राष्ट्रको चिनारी तथा पहिचाननै भएको हुदा राम्रो खेलाडी उत्पादन गर्न सबैले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले सिन्धुलीलाई खेल क्षेत्रबाट पहिचान दिलाउन स्थानीय खेलाडी उत्पादनलाई बिशेष जोडदिनु पर्ने बताउनुभयो ।
माघ ७ गते सम्म संचालन हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो, कराते, दौड लगायत खेलहरु हुने नगर खेलकुद विकास समिति कमलामाई नगरपालिका सिन्धुलीका अध्यक्ष दिपेन्द्र फुयालले जानकारी दिनुभयो । कमलामाई नगरपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा नगर भित्र रहेको बिभिन्न बिद्यालयमा अध्यनरत १८ बर्ष मुनीका छात्र तथा छात्राको सहभागीता रहेको छ । खेलबाट प्रथम, द्धितीय र त्रितिय हुने टिमले सिल्ड, मेडल र प्रमाण पत्र पाउने छन् ।