शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका पुर्व एसपी रामेश्वर यादबको पहिचान प्रहरीमा ‘बर्दीधारी गुन्डा’

आइतवार , माघ १, २०७९

काठमाडौं - एसपी रामेश्वर यादबको पहिचान प्रहरीमा ‘बर्दीधारी गुन्डा’को थियो । जहाँ सरुवा भएर गए पनि कमाउने बाहेक उनको दोस्रो उदेश्य हुँदैनथ्यो । हरेक जसो कार्यालयमा उनी कारबाहीमा समेत पर्दथे ।

राष्ट्रिय अनुसन्धान विभागबाट सोर्सफोर्सका आधारमा प्रहरीमा ल्याइएका यादब प्रहरी सेवाबाट बर्खास्तीको क्रममा छन् । प्रहरी सेवामा रहदा देशका लागि सेवा गर्नेभन्दा प्रहरी संगठनलाई बदनाम गराउन उनको धेरै योगदान रह्यो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा हुँदा घुसकाण्डसम्बन्धि मुद्दामा सर्वाेच्च अदालतले हालै दोषी ठहर गरेपछि उनी बर्खास्त हुन लागेका हुन् । यादब इन्सपेक्टरदेखि नै घुसकान्डमा मुछिदै आएका थिए । तर, कारबाहीबाटै जोगिए । घुस खाएको पैसा नेतालाई बुझाउने र सरुवा–बढुवा मिलाउने उनको शैली थियो ।

शैलेश थापा आइजीपी भएपछि दुई वर्षअघि उनलाई निलम्बन गरे । कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुखका रुपमा आफ्नै मातहतका कार्यालयसँग रेट नै तोकेर पैसा उठाएको खुलेपछि उनलाई ६ महिना निलम्बन परे । कडा कारबाही गर्न गृहमा सिफारिस भएकोमा पछि चलखेल गरेर सामान्य कारबाहीबाट उम्किए ।

कारबाही सकिएलगत्तै जिल्ला इन्चार्जमा जान चलखेल सुरु गरे । तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले उनलाई सिन्धुपाल्चोक पठाउन सिफारिस गरे । त्यस्ता बदनाम अधिकृतलाई पठाउन नमिल्ने आइजीपीको अडान थियो । उनले ६ महिनासम्म सरुवा गरेनन् ।

जसकारण सिन्धुपाल्चोकका एसपीको सरुवा हुन डेढ वर्ष लाग्यो । पछि आइजीपीको अडानको केही लागेन । किनकि, एसपी सरुवाका लागि गृहमन्त्री निकट व्यक्तिहरुलाई एडभान्स बुझाइसकेका थिए । कांग्रेस नेता महेन्द्र यादबमार्फत यसरी गृहमा सेटिङ मिलाएका थिए ।

उनले सिन्धुपाल्चोक गएलगत्तै क्रसर खानीसँग असुली धन्दा सुरु भइसकेको थियो । तर, पनि गृहमन्त्रीकै संरक्षणका कारण उनीमाथि कारबाही हुन सकेको थिएन । जबकी पैसा उठाउने उनका घुमुवा भने कारबाहीमा परे । अहिले २०७१ सालको घुसमुद्दामा चार महिना कैद सजाय भएपछि उनी कुर्सीमा रहँदा रहँदै फरार अभियुक्त बनेका छन् ।

प्रतिक्रिया