शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे

बिहिवार , पौष २८, २०७९

काठमाडौं २८ पुस - नेपाली बजारमाआज बिहीबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ। बुधबार तोलामा तीन सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ४ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ९ सय रूपैयाँ कायम भएको छ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला १३ सय ६० रूपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १३ सय ६५ रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया