शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि सुनको मूल्य बढ्यो

बिहिवार , पौष ७, २०७९

काठमाडौँ,७ पुस – नेपाली बजारमा सुनचाँदीको मूल्य महंगीएको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।

बुधबार प्रति तोला १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

तेजाबी सुनको मूल्य प्रतितोला रु १ लाख १ हजार रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ।

चाँदी प्रति तोला ५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया