शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मुल्य घट्यो

शुक्रवार , पौष १, २०७९

काठमाडाैं, १ पुस- पछिल्लो १५ दिनदेखि लगातार बढेर उच्च मूल्य कायम गरेको सुनको भाउ स्थानीय बजारमा बिहीबार र शुक्रबार सस्तिएको छ । शुक्रबार ४ सय रुपैयाँ घट्दा छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत सातादेखि लगातार बढ्दा सुनको प्रतितोला एक लाख एक हजार रुपैयाँसम्म पुगेको थियो । मंसिरको अन्तिम दिन गत बिहीबारदेखि मूल्य घट्न थालेको महासंघले जनाएको छ । बिहीबार तोलामा ७ सय रुपैयाँले घट्दा प्रतितोला एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी शुक्रबार तोलामा १० रुपैयाँले घटेको छ । कारोबार मूल्य प्रतितोला १३ सय ७० रुपैयाँ भएको छ । बिहीबार चाँदी तोलामा २० रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला १३ सय ८० रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा यसको प्रभाव स्थानीय बजारमा देखिएको छ । शुक्रबार सुन प्रतिऔंस १७७९.११ डलर र चाँदी प्रतिऔंस २२.९३ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया