शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजसुनको मूल्यमा सामान्य वृद्धि

सोमवार , आश्विन ३१, २०७९

काठमाडाैँ – नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । आइतबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला एक हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेकाे महासंघले जनाएको छ ।

प्रतिक्रिया