शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

आइतवार , आश्विन ३०, २०७९

काठमाडौँ,३० असोज- साताको कारोबार पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ कायम भएको छ।

शुक्रबार प्रति तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले घटेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदी प्रति तोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया