शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुनको मूल्य घट्यो

सोमवार , आश्विन २४, २०७९

काठमाडौँ,२४ असोज- नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार २ सय रुपैयाँ तोकिएको छ। आइतबार प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले घटेर प्रति तोला ९५ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको हो। आइतबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया