शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीकै सर्वाधिक धनराशिको प्रतियोगिता हुदैँ

आइतवार , आश्विन ९, २०७९

सिन्धुली – सिन्धुलीमा विजयादशमी तथा शुभ दीपावली तथा छठ पर्व २०७९ को अवसर पारेर जिल्लाकै सर्वाधिक धनराशिको सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिता हुने भएको छ । सिन्धुलीको नव बथान चौडी युवा क्लबको आयोजनामा र कमलामाई नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको तेश्रो संस्करणको प्रतियोगिता यही असोज २८ गतेदेखि कार्तिक ५ गतेसम्म हुने क्लबका सचिव शान्ति प्रसाद चौलाजागईँले जानकारी दिनुभयो ।  प्रतियोगिताको विजेताले नगद दुई लाख २ हजार २२२, उपविजेताले नगद एक लाख एक हजार १ ११ पुरस्कार पाउने चौलागाईँले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान ५–५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगिताको सहायक आयोजकमा भीमान युवा क्लब, इनारपानी युवा क्लब, सुविधानगर युवा क्लब, रातो गुराँस युवा क्लब र बाल युवा सञ्जाल कमलामाइ नगरपालिका ९ रहेका छन् । प्रतियोगिताका खेलहरु जन जागृति माध्यामिक विद्यालयको खेल मैदानमा हुनेछ ।

सहीद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटबल प्रतियोगिताको पहिलो संस्करणमा बर्दिबास युथ क्लब बर्दिबास विजयी भएको थियो भने दोश्रो संस्करणमा लगनखेल समाज ललितपुर बिजयी भएको थियो ।

समाजसेवामा जुट्दै नब बथान चौडी युवा क्लब: जिल्लाको कमलामाई नगरपालिका ९ स्थित भिमान क्षेत्रमा नव बथान चौडी युवा क्लब सक्रिय भएर लागिरहेको छ । क्लबले आर्थिक अवस्था कमजोर रहेका बिरामी, अशक्तलाई सहयोग गर्दै आएको छ भने सरसफाई लगायत सामाजिक कार्यमा जुटिरहेको सचिव चौँलागाईँले बताउनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया