शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज सुन र चाँदीको मूल्य घट्यो

सोमवार , आश्विन ३, २०७९

काठमाडौं - सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको छ । आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९१ हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर ११ सय ७५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया