शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज बढ्यो सुनचाँदीको मूल्य

आइतवार , आश्विन २, २०७९

काठमाडौं - आइतबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया