शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज पनि घट्यो सुनको मूल्य

शुक्रवार , भाद्र ३१, २०७९

काठमाडौं ३१ भदौ - साताको अन्तिम दिन शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजारले घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ कायम थियो । त्यस्तै आज तेजाबी सुन तोलामा ९१ हजार रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया