शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज घट्यो सुनको मूल्य

मंगलवार , भाद्र २८, २०७९

काठमाडौँ,२८ भदौ- नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ।

सोमबार प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ यले घटेर प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य बढेको छ। चाँदीको मूल्य ३५ रुपैयाँले बढेर प्रति तोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया