शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आज ह्वात्तै बढ्यो सुनको मूल्य

बिहिवार , भाद्र २३, २०७९

काठमाडौँ,२३ भदौ - नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ८ सय रुपैयाँ तोकिएको छ।

बुधबार प्रति तोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया