शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सन्दिप लामिछाने बिरुद्द अन्य पिडित युवतीकको पनि उजुरी

बिहिवार , भाद्र २३, २०७९

काठमाडौँ –क्रिकेट कप्तान सन्दीप लामिछानेले १७ वर्षीया नाबालिगलाई बलत्कार गरेको विषयसँग जोडिने विवरणले उनी ‘सिरियल प्रिडेटर’ अर्थात् पटके पीडक हुनसक्ने आशंकालाई बल दिन्छ। स्न्यापच्याटमा कुरै गरेका भरले क्लोजक्याम्पबाट निस्केर भेट्ने र योजनावद्ध ढंगले होटल कोठा पु¥याउने ‘मोडस ओपरान्डी’ले अपराध मनोवृतिमाथि प्रशस्त प्रकाश दिने अनुसन्धानकर्मीहरु बताउँछन्।

मध्यरातमा नाबालिगलाई मिल्ने साथीको होटलको ‘त्यही कोठा’ (फोनमा बुक गर्दाका बखत प्रयोग गरेको शब्दाबली) पुर्‍याउने करोडपति कप्तानको ‘गेमप्लान’ प्रष्टिँदा अनुसन्धानकर्मीहरु उनीविरुद्धका त्यस्तै खाले उजुरी थपिने शंका गर्छन्। पीडित पक्षको सहयोगमा जुटेका व्यक्तिहरुसँग कुराकानी गर्दा लामिछानेबाट पीडित केही किशोरीहरु सम्पर्कमा आउन थालेको जानकारी प्राप्त भएको छ।

राष्ट्रिय टोलीका ओपनिङ ब्याट्सम्यान देव खनालमार्फत् स्न्यापच्याटमा लामिछानेसँग जोडिन पुगेको नुवाकोटकी किशोरी राजधानीमा भविष्य खोज्ने आम निम्नवर्गीय कलिलो पुस्तालाई प्रतिनीधित्व गर्छिन्। केही वर्ष बाबुआमाबीच सम्बन्धविच्छेद भएपछि कुनै आफन्तको सहयोगमा कुनै पुरानो वानेश्वरस्थित होस्टलमा निःशुल्क बास पाउँछिन् र नजिकैको कलेजमा छात्रवृत्तीमा प्लस टु भर्ना पाउँछिन्।

उमेरजन्य सबैखाले रहरसँगै हुर्किरहेकी उनी क्रिकेटकी फ्यान हुन् र स्टारहरुसँग बातचितका अवसर पाउनु उनका लागि ठूलो अहोभाग्यसरह हो। उनी स्न्यापच्याटमा लामिछानेसँगै आफ्ना दुःख शेयर गर्छिन् तर क्रिकेट कप्तान उल्टै ‘फल्र्ट’ गर्छन्। किशोरी त्यो व्यवहारमा उति शंका गर्दिनन्।

र, विदाको दिन नगरकोट–धुलिखेल जाउँ भन्ने प्रस्तावमा आफूलाई ती ठाउँबारे थाहै नभएको स्वभाविक अवोध जवाफ दिन्छिन्। लामिछानेलाई उनको त्यही अवोधपनले अन्ध बनाउँदै जान्छ। भदौ ५ गते क्लोजक्याम्पबाट बाहिर निस्कने क्रममा अब ती किशोरीलाई अर्को साथीको नम्बरबाट लगातार फोन गरेर सम्र्पक गर्न खोज्छन्।

तर उनी कलेजमा भएकाले उठाउन्नन्। किशोरीले पछि कलव्याक गर्दा अर्कै व्यक्तिले फोन उठाउँछ। त्यसपछि लामिछानेले साँझ ६ बजेदेखि आफ्नै फोन नम्बर बाट उनलाई सम्पर्क गर्छन र मध्यवानेश्वरको सडकमा भेटेर गाडीमा राख्छन्।

किशोरीलाई थाहा हुन्न, कहाँ जान लागेको ? बढीमा कतै कफी खाएर फोटो खिची सोसल मिडियामा राख्ने उनको रहर जो थियो। यतिबेला लामिछानेले आफ्नो प्रभावको दुरुपयोग गरी झक्याउँदै भक्तपुरको बाटो हुँदै सुडालस्थित बोजिनी होटल पुर्‍याउँछन्। त्यहाँ र’क्सी खाने, रात त्यहीँ बिताउने प्रस्तावलाई नकार्दै किशोरी राति नै परे पनि काठमाडौं नै फर्कने जिद्दी गर्छिन्।

रातको एघार बजेसम्म रक्सीले झुत भएका लामिछानेलाई एउटा पारस्थितिकीय ‘लाभ’ मिल्छ– राति १० बजेपछि किशोरी होस्टल छिर्न नपाउने नियम। बोजिनी होटलबाट फर्कने क्रममा गाडीमै उनी किशोरीमाथि यौनदुर्व्यहार गर्छन्। किशोरी फरक कोठामा होटलमा बास गर्ने मन्जुरी दिन्छिन्।

त्यसपछि लामिछानेले हानिन्छन्– गौशाला पिङ्लास्थानस्थित काठमाडौं इन होटल। त्यहाँका मालिक उनका मिल्ने साथी हुन्। फोनमै बुक गर्ने क्रममा उनी कोड भाषा प्रयोग गर्छन् र होटल पुर्‍याउँदासम्म एउटा मात्र कोठा खाली भएको नाटक रच्छन्।त्यही कोठा अर्थात् कोठा नं ४०८ मा छिर्दा त्यहाँ एसी चलेको हुँदैन।

एसी नचलेपछि हुँदै नभएको भनिएको कोठा नं ३०५ तयार हुन्छ। सोफामा पल्टेर सुरक्षित आभाष गराउन खोजेका उनी राति १२ बजेपछि बेडमै गएर किशोरीमाथि आक्रमण गर्छन्। मुख थुनेर ढाडमा बलिया हातले कुट्दै बलत्कार गरेका उनले भोलिपल्ट केही नै नगरेझैं गरी होस्टल छाडिदिन्छन्। लगत्तै उनले युवतीलाई फोनदेखि स्न्यापच्याट सबैतिर ब्लक गरिदिन्छन्।

बेलुकी केन्यातर्फ उड्ने क्रममा उनी एकदमै ठाँटमा देखापर्छन्, एयरपोर्टमा। उनलाई विदा गर्न गएका हुन्छन् तिनै होटलका साहुजी। विक्षत मनस्थितिमा पुगेकी किशोरीले केही साथीहरुसँग पीडा शेयर नगरेको भए शायद लामिछानेका लागि उनी अर्को एउटा शिकारमा गुपचुप सीमित हुन्थिन होला।

अनुसन्धानकर्मीहरु लामिछानेको यो हिंसक यौनव्यवहारलाई होटलमा मात्र सीमित गर्नु नहुने बताउँछन्। ‘गौशाला प्रहरीले तत्काल सिसिटिभी फुटेज रिकभर गरेर उजुरी दर्ता गर्‍यो। यथेष्ट प्रमाण जुटेको छ। तर उनले ती किशोरीलाई मात्र पीडित बनाएको भन्ने विश्वास गर्न सकिन्न,’ केन्द्रिय अनुसन्धान व्युरोका एक अधिकारी भन्छन्।

प्रतिक्रिया