काठमाडौँ – राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरस्ती करणीको उजुरी परेको छ । लामिछानेविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा मंगलबार जबरजस्ती करणीको उजुरी आएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्रसिंह धानुकले पुष्टि गरेका छन्।
‘सन्दिप लामिछानेविरूद्ध जबरजस्ती करणीको उजुरी आएको छ। नाबालिगको उजुरी हो, यसबारे थप विवरण म बुधबार भन्छु,’ उनले मंगलबार राति भने, ‘मंगलबार साँझ नै पीडितको स्वास्थ्य परीक्षण पनि भइसकेको छ।’
हामीले यसबारे काठमाडौं प्रहरी परिसर, काठमाडौं उपत्यका प्रहरी र प्रहरी हेडक्वार्टरका विभिन्न अधिकारीसँग जानकारी लिएका थियौं। सबैले लामिछानेविरूद्ध उजुरी आएको पुष्टि गरे।
उनीविरुद्ध १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको उजुरी परेको उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकले जानकारी दिए । प्रहरीले पीडित भनिएकी बालिकाको आज साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोत बताउँछ ।
यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् । समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो ।
हामीले पीडित भनिएको परिवारसँग पनि सम्पर्क गरेका पनि छौं । यस विषयमा पीडित भनिएको परिवार खुलेर बोल्न चाहेनन् । हामो सम्पर्कमा आएका पीडित परिवारका एक सदस्यले भने, “भोली/पर्सी सबै कुरा बाहिरिहाल्छ ।” उनले यस विषयमा थप प्रश्न नगर्न आग्रह गरे ।
भदौ पहिलो साता नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवरस्ती गरेको भन्दै किशोरीले जाहरीमा उल्लेख गरेको स्रोतले जनाएको छ । उनकाअनुसार लामिछानेले काठमाडौंकी १७ वर्षीया नाबा’लिगलाई भदौ १ गते भक्तपुरको नगरकोट लगेको जाहेरीमा उल्लेख छ।
नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ । राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई करणी गरेको उनले बताएकी छन् । स्वास्थ्य जाँचपछि पीडितलाई प्रहरीको संरक्षणमा राखिएको उनले जानकारी दिए। लामिछाने भदौ ६ गते टी-२० सिरिज खेल्न केन्या गएका थिए।
यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् । सन्दीपले बलात्कार गरेको तथ्य नाबागको साथीले बाहिर ल्याएको बताइएको छ। उनीविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको र सो जाहेरी दर्ता गरेर अनुसन्धान गर्न आफुले निर्देशन दिएको एआईजी धानुकले बताए ।
सन्दीप क्यारेबियन लिग खेल्न जानुअघि बलात्काको घटना भएको बताइएको छ। सामाजिक सञ्जालमार्फत सन्दीपको पीडित किशोरीसँग सम्पर्क भएको र भेटघाटपछि प्रलोभनमा पारेर बला’त्कार गरेको जाहेरीमा उल्लेख गरिएको छ ।