शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजपनि सुनचाँदीको मूल्य बढ्यो

सोमवार , भाद्र २०, २०७९

काठमाडौँ, २० -v साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ। आइतबार प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १५ रुपैयाँ कायम भएको छ। चाँदी मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय १० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया