शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चोलेन्द्रले प्रचण्डको पोल खोल्ने

आइतवार , भाद्र १९, २०७९

काठमाडौँ – महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले भटाभट सबैको पोल खोल्न थाले पछि सिंगो देशको राजनितिनै तरंगित बन्ने अवस्था आएको छ । चोलेन्द्रले अझै के के खोल्ने हुन् भनेर उत्सुकता र कपिपयलाई छट्पटी पनि सुरु भएको छ ।

चोलेन्द्रले सर्वोच्च अदालतका न्यायाधिश देखी नेपाल बारका पदाधीकारी सम्मको भित्री धन्दा खुलासा गरेका छन् । चोलेन्द्रले उठाएका बिषयहरु यति गम्भिर छन् की यसले सर्वोच्चका कतिपय न्यायाधिशहरुलाई महाअभियोग लगाउने बाटो खुलेको चर्चा छ भने कपिपयले भने चोलेन्द्रले सिमा भन्दा बढि बोलेको भन्ने आरोप पनि लगाएका छन् ।

यसै विच नेपालका लागी नेपाली पार्टीका अध्यक्ष समेत रहका बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले चोलेन्द्रले जे गरिरहेका छन् एक दम ठिक गरिरहेको बताएका छन् । आफुहरुले यस्ता कुरा पहिले देखिनै गर्दै आएको भन्दै न्यौपानेले त्यो बेला धेरैले हामीलाई पूर्वाग्रही भन्थे तर चोलेन्द्र बोले पछि एकदमै राम्रो भएको छ न्यौपानेले भनेका छन् ।

बरिष्ठ अधिवक्ता न्यौपानेले परमादेशीहरुको एक एक पोल खुल्नै पर्ने भन्दै चोलेन्द्रले जसरी छताछुल्ल पारिरहेका छन् यसले नेपाली जनताले पनि को कस्तो रहेछ भन्ने बारेमा प्रष्ट सँग बुझ्न पाएको बताए । चोलेन्द्रले खोलेका कुरा अझै कम भएको भन्दै न्यौपानेले सबैका कुरा खोलिदिन अनुरोध गरेका छन् ।

चोलेन्द्रलाई इतिहासको जिउदो साक्षी भन्दै न्यौपानेले न्यायापालिका भित्र भएका सबै खाले बिकृती र विसंगती बाहिर आउदा सुधारका लागी शुभ संकेत हुन सक्ने पनि बताएका छन् । अहिले सम्म चोलेन्द्रले न्यायाधिश र वाकिलहरुको मात्रै कुरा खोलिरहेको भन्दै उनले अब नेताहको पनि एक एक खुलासा गर्न न्यौपानेले अनुरोध गरेका छन् ।

चोलेन्द्रको बयानले सबैभन्दा धेरै प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवा र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालको लगौटी खुस्किएको भन्दै न्यौपानेले अब नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको लगौटी खुस्काइदिन चोलेन्द्रलाई अनुरोध गरेका छन् ।

बरिष्ठ अधिवक्ता न्यौापाले गत बर्ष दशैको बेलामा प्रचण्ड गोप्य रुपमा चालेन्द्रलाई भेट्न गएको र त्यो भेटमा के भएको थियो भन्ने कुराको खुलासा गरिदिन पनि अनुरोध गरेका छन् । प्रचण्डले गएर ललित निवास प्रकरणमा माधव नेपाल र बावुराम भट्टराईलाई बचाइदिन अनुरोध गरेको हुन सक्ने र त्यो नमाने पछि महाअभियोग आएको हुन सक्ने भन्दै न्यौपानेले त्यस दिनको खुलासा गरिदिन राणालाई भनेका छन् ।

यो महाअभियोगको खेल प्रचण्डले गएर चोलेन्द्रलाई भेटे पछि सुरु भएको भन्दै न्यौपानेले त्यस दिन प्रचण्ड के भन्न आएका थिए भन्ने बारेमा खुलाइदिन अनुरोध गरेका छन् । उनले परमादेशीहरुको पनि खेल छताछुल्ल भएको बताए । शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउन के कस्तो सम्मको खेल भएको रहेछ भन्ने खुलाइदिएर एकदम राम्रो गरेको बताए ।

यस्तै भन्नु पर्दथ्यो ,यस्तै हुनु पर्दथ्यो चालेन्द्रले जे भनेका छन् , जे गरेका छन् एकदमै राम्रो भनेका छन् म त भन्छु अझ कम भएको छ सबैका धन्दा छताछुल्ल हुनै पर्दछ । नेपाली जनताले थाहा पाउनु पर्दछ। न्यौपानेले भनेका छन् । यो प्रणालीनै समाप्त हुने बाटोमा रहेको जिकिर पनि उनले गरेका छन् ।

प्रतिक्रिया