काठमाडौँ,१८ भदौँ –कुनै पनि हालतमा गठबन्धन गर्नै पर्छ ,काग्रेसलाई पहिलो पार्टी बनाउनै पर्छ भनेर हिडेका दुई कम्युनिष्ट पार्टीका अध्यक्षहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले एका बिहानै नमिठो खबर सुन्नु परेको छ ।
आफ्नै पार्टीको सरकार ढालेर नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनु पर्यो हजुर भन्दै बिहानै बेलुकै देउवा निवास बुढानिलकण्ठमा गएर विन्ती विसाएको परिणाम प्रचण्ड माधवले मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनमा देखिने अवस्था आएको छ ।
नेपाली काग्रेस भित्र कम्युनिष्टसँग गठबन्धन गर्न हुँदैन भन्दै बलियो मत हुँदाहुँदै पनि प्रधानमन्त्री तथा पार्टी सभापती शेरबहादुर देउवाले हिजोको गुन सम्झिएर अहिले प्रचण्ड माधवलाई धोका दिन हुँदैन भन्दै आएका थिए तर देउवाकै गृह जिल्ला डढेलधुराको काग्रेसले भने कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने औपचारिक निर्णयनै गरेको छ ।
देउवाकै गृहजिल्लामा गठबन्धन नगर्ने भनेर औपचारिक निर्णय गरिनु पक्कै पनि प्रचण्ड र माधव नेपाललाई अप्रीय खबर हो । डढेलधुराबाट मात्रै होइन अन्य जिल्लाबाट पनि कम्युनिष्टसँग गठबन्धन गर्न नहुने आवाज काग्रेस भित्र बेजोड रुपले उठ्न थालेको छ । काग्रेस डोटीले पनि गठबन्धन नगर्ने भनिसकेको छ भने सिन्धुपाल्चोकको पनि अवस्था त्यस्तै छ । यत्ती मात्रै होइन अन्य जिल्लाबाट पनि यहि खालका खबर आइरहेका छन् ।
शुक्रबार डडेल्धुराको जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभातर्फ उम्मेदवारको सिफारिस गर्दै जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेको हो । डडेल्धुराबाट प्रतिनिधिसभातर्फ प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रदेशसभा तर्फ ख मा प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहरा र क मा कांग्रेस डडेल्धुरा सभापति भीम बहादुर साउदको सर्वसम्मत नाम सिफारिस गरिएको सचिव हेमराज चटौतले जानकारी दिए ।
‘केन्द्रले गठबन्धन गर्न गरेको निर्णय स्वागत गर्दै हामीले जिल्लामा गठबन्धन नगर्ने भन्दै प्रदेश र केन्द्रलाई जानकारी गराउने निर्णय गरेका छौँ’ उनले भने ‘यहाँ हामी एक्लै पनि जित्ने अवस्था छ ।’
स्थानीय तहको निर्वाचनमा पनि डडेल्धुरामा गठबन्धन भएको थिएन । सचिव चटौतले स्थानीय तहको जस्तै मित्रवत् प्रतिस्पर्धाको लागि माथिल्लो समितिमा जानकारी गराइएको बताए ।
प्रतिनिधि सभा तर्फ सिफारिस भएका प्रधानमन्त्री देउवा २०४८ यता अपराजित छन् । प्रदेश सभा क मा सिफारिस भएका साउद निवर्तमान गाउँपालिका अध्यक्ष हुन् भने ख मा सिफारिस भएका बोहरा समानुपातिकमार्फत सांसद भएर मन्त्री बनेका हुन् ।
जिल्लाको प्रदेश सभाको ख को लागि नेकपा एकीकृत समाजवादीले डा. तारा जोशीलाई सिफारिस गरिसकेको छ । अघिल्लो पटकको प्रदेशसभामा नेकपा एमालेबाट उठेका उनी कांग्रेसका कर्ण मल्लसँग ३५६ मतले पराजित बनेका थिए । त्यस्तै, जनता समाजवादीले जिल्लामा एक क्षेत्र नदिए विद्रोहको चेतावनी पनि दिइसकेको छ ।
प्रधानमन्त्रीकै गृह जिल्लामा गठबन्धन नगर्ने भन्दै निर्णय भएसँगै सत्ता गठबन्धनमा रहेका दलहरूबीच सिट बाँडफाँटको निर्णय अझै पेचिलो बन्ने देखिएको छ । यहाँ माओवादीबाट प्रदेश इन्चार्ज खगराज भट्ट पनि आकांक्षी छन् । उनी लगातार तीन पटकसम्म देउवासँग पराजित भइसकेका छन् । देउवासँगै पराजित भएका भट्ट देउवाकै सहयोगमा प्रदेशमा निर्वाचन लडेर मुख्यमन्त्री बन्ने चर्चा पनि व्यापक छ ।