शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चोलेन्द्रले भटाभट पोल खोल्न थाले पछि ...

बिहिवार , भाद्र १६, २०७९

काठमाडौँ–महाअभियोग लागेर निलम्बित अवस्थामा रहेका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले छानबिन समितिमा दिएको बयानले सर्वोच्च अदालत देखी सिंगो राजनितिक वृतमानै तरंग गएको छ ।

चोलेन्द्रले भटाभट सबैका पोल खोल्न थाले पछि महाअभियोग छानिबिन समितिको बैठकनै आकस्मिक रुपमा स्थागित भएको छ । चोलेन्दलाई सोध्न तयार पारिएका ४३ वटा प्रश्नहरु मध्ये बधुवार जम्मा ४ वटा प्रश्नहरुको मात्रै जवाफ उनले ४ घण्टा लगाएर दिएका थिए भने विहिबार बयान सुरु भएको दुई घण्टामानै बैठक आकस्मिक रुपले स्थागित गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आकस्मिक रूपमा रोकिएको छ ।बिहीबार सिंदरबारस्थित संसदीय समितिको कक्षमा बैठक बसेको थियो । आज दोस्रो दिन पनि जबरासित बयान लिइएको थियो ।

तर, बैठक आकस्मिक रूपमा रोकिएको एक समिति सदस्यले जानकारी दिए । उनका अनुसार अर्को बैठक यही भदौ १९ गते आइतबार बस्नेछ ।जबरासित बुधबारदेखि बयान लिन थालिएको हो । उनलाई पहिलो दिन४ प्रश्न सोधिएको थियो । कुल ४३ प्रश्न सोधिने समिति सदस्य मीन विश्वकर्माले जानकारी दिएका छन् ।

गएको फागुन १ गते जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ । विहिबारको बयानमा चालेन्द्रले संसदीय छानबिन समितिको औचित्यका बारेमानै प्रश्न उठाएका थिए । त्यस पछि बिषय थप पेचिलो बनेको थियो । चालेन्द्रले कसैलाई बाँकी नराख्ने अवस्था देखिएको छ । यसले समग्र राजनितीमानै ठूलो तरंग जान सक्ने अवस्था आएको बताइन्छ ।

बिहिबारको बयानमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनले अघि सारेको २१ बुँदेमै सांसदहरुले सही गरेर आफूमाथि महाअभियोग लगाएको बताएका छन् ।

महाअभियोग सिफारिस समितिमा बयानका लागि दोस्रो दिन उपस्थित भएका जबराले बारले आफ्नो राजीनामा माग्दा अघि सारेको २१ बुँदेमै सत्तारुढ सांसदहरुले सही गरेको आरोप लगाए । उनले भने, ‘बारले राजीनामा माग्दा सार्वजनिक गरेको थियो, त्यसमै सही छाप गरेर ल्याउनु भएको छ ।’

निरर्थक, औचित्यहीन, कुनै पनि आधार र कारणबाट पुष्टि नहुने आरोप लगाएर महाअभियोग दर्ता गरेकै भरमा आफूलाई साढे ६ महिनादेखि निलम्बनमा राखेको उनको आरोप छ ।

प्रतिक्रिया