शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बिहिवार , भाद्र १६, २०७९

काठमाडौँ,१६ भदौ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ९३ हजार १ सय रुपैयाँ तोकिएको छ । बुधबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ९ सयले घटेर प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यता, चाँदीको मूल्य प्रति तोला १ हजार १ सय कायम भएको छ। चाँदी मूल्य प्रति तोला ३० रुपैयाँले घटेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया